शिक्षा समाज रुपान्तरणको मुल आधार हो ः नगर प्रमुख योगी - Pyuthan Online
असार ३१ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

शिक्षा समाज रुपान्तरणको मुल आधार हो ः नगर प्रमुख योगी

सन्तोष सुनार
सन्तोष सुनार
जेठ १६ गते २०८२

प्यूठान । शिक्षा समाज रुपान्तरणको मुल आधार भएको प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ । शुक्रबार गत बर्ष कक्षा ५ मा उत्कृष्ट नतिजा निकाल्न सफल भएको प्युठान नगरपालिका वडा नं. १ मा रहेको श्री सालघारी प्रा.विका विद्यार्थीरुलाइ हौसला एवं प्रोत्साहनका लागी शैक्षिक सामाग्री वितरण कार्यक्रममा नगर प्रमुख योगीले यस्तो बताउनु भएको हो ।

शिक्षाले नै मानिसमा चेतनाको विकास गर्ने भएकाले समाजमा रहेको विकृति विसङ्गगतीलाई शिक्षा हासिल गर्ने मानिसहरुले नै हटाउने र सभ्य समाजको निर्माणमा लाग्ने भएकाले नगरपालिकाले शिक्षामा विशेष जोड दिएको नगर प्रमुख योगीले बताउनुभयो । प्यूठान नगरपालिकाले दुर्गम बस्तीहरुमा जनसमुदायलाई पाएक पर्ने स्थानमा विद्यालयको सुविधा , भवनहरुको स्त्तोरउन्नति, आमाबुबा नभएका बालबालिकालाई कक्षा १ देखी १२ कक्षा सम्म निशुल्क सहित आवसीय रुपमा मुक्ति मावि रातामाटामा व्यवस्थापन गरेको नगरप्रमुख योगीले बताउनुभयो ।

गरिब निमुखा , दलित तथा लक्षित समुहलाई विशेष गरी शिक्षाको पहुचमा पुर्‍याउन प्युठान नगरपालिका लागी परेको समेत योगीको भनाई रहेको छ । कार्यक्रममा उक्त विद्यालयका ७९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रही वितरण गरिएको हो ।

शैक्षिक समाग्रीहरु पाउदा विद्यार्थीहरु खुसि भएका थिए भने अभिभावकहरुले नगर प्रमुख योगीलाई धन्यवाद दिएका थिए । कार्यक्रममा जनप्रतिनिधी , शिक्षक , अभिभावक विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्वन्धित समाचारहरु