स्वर्गद्वारीमा विश्व स्तनपान सप्ताह २०२५ को शुभआरम्भ - Pyuthan Online
वैशाख ६ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

स्वर्गद्वारीमा विश्व स्तनपान सप्ताह २०२५ को शुभआरम्भ

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण १६ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकामा विश्व स्तनपान सप्ताह २०२५ को शुभारम्भ गरिएको छ । शुक्रबार स्तानपानलाई प्राथमिकता दिऔँ सहयोगी वातावरण निर्माण गरौँ मुल नाराको साथ स्वर्गद्वारी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी शुभआरम्भ गरिएको हो । कार्यक्रममा नगरप्रमुख टेक प्रसाद भण्डारीले नगरपालिकामा रहेका आमाहरुले आफ्ना बच्चाहरुलाई ६ महिना सम्म अनिवार्य रुपमा आमाको दुध खुवाउन आग्रह गर्नुभएको थियो ।

नगर प्रमुख भण्डारीले आमाको दुध नआएमा पनि बच्चालाई दुध चुसाइरहेमा दुध आउने बताउदै र बाहिरको दुधहरु नखुआउन आग्रह गर्नु भएको थियो । त्यस्तै कार्यक्रममा स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले स्वर्गद्वारी नगरपालिकाका ९ वटै वडामा रहेका गाउँघर क्लिनिकमा यहि साउन १८ गते देखी २२ गते सम्म स्वास्थ्य आमाहरुलाई सचेतना गराउने जानकारी दिनुभयो ।

कार्यक्रममा २÷२ जना स्वास्थ्यकर्मी र आफुहरुमा सहभागी हुने बताउनुभयो । त्यस्तै आजै स्वर्गद्वारी नगरपालिकाका भित्रका १७ वटा प्राविमा पोषण पिरिएडको सुरुवात गरिएको छ ।