सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो - Pyuthan Online
असाेज २० गते २०८२

सुन तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघ्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २० गते २०८२

काठमाण्डौ – सुनको भाउमा आज फेरि अर्को कीर्तिमान कायम भएको छ । आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार रुपैयाँ नाघेको छ ।
हिजोको भाउमा तोलाको दुई हजार पाँच सय रुपैयाँले बढेर आज सुनको भाउ तोलाको दुई लाख ३३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ दुई लाख ३० हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ ।

आज चाँदीको भाउ तोलाको ३० रुपैयाँले बढेर दुई हजार नौ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ दुई हजार नौ सय ३० रुपैयाँ थियो ।

सम्वन्धित समाचारहरु