रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

रास्वपा र राप्रपाले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरे

प्युठान अनलाईन
प्युठान अनलाईन
असार २४ गते २०८२

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका दुवै दलले आज पनि बैठक बहिष्कार गरेका हुन् ।

यसैबीच सङ्घीय निजामती सेवा विधेयक २०८० को प्रतिवेदनमा हेरफेर भएको विषयमा छानबिन गर्न गठन भएको संसदीय समितिको पहिलो बैठक बसेको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन नयाँ बानेश्वरमा बैठक बसेको हो ।

छानबिन समितिमा नेपाली कांग्रेस र नेकपा (एमाले) बाट दुई–दुई जना सांसद छन् भने नेकपा (माओवादी) केन्द्र, रास्वपा र राप्रपाबाट एक–एक जना रहेका छन् । कांग्रेस सांसद जीवन परियार नेतृत्वको यस समितिलाई छानबिनका लागि २१ दिनको समय दिइएको छ ।

सम्वन्धित समाचारहरु