प्यूठान सहित ३३ जिल्लामा बाढीको जोखिम ः राति धेरै ठाउँमा ठूलो पानी पर्ने - Pyuthan Online
मंसिर १९ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

प्यूठान सहित ३३ जिल्लामा बाढीको जोखिम ः राति धेरै ठाउँमा ठूलो पानी पर्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २६ गते २०८२

प्यूठान अनलाईन न्युज डेक्स । प्यूठान सहित ३३ जिल्लाका विभिन्न नदी खोलामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार बागमती प्रदेशका दोलखा, सिन्धुपाञ्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, रसुवा, सिन्धुलीमामा बाढीको मध्यम जोखिम छ । त्यस्तै कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङगा, उदयपुर, सोलुखुम्बुमा पनि बाढीको खतरा छ ।

गण्डकी प्रदेशका लमजुङ, पर्वत, बाग्लुङ, म्याग्दी तथा लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी पश्चिम, प्युठान, बर्दियामा बाढीको जोखिम छ । सुदूरपश्चिम प्रदेशका डोटी र बैतडीमा पनि बाढी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ ।बाढीको जोखिम भएका ठाउँका नदी खोला तथा तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकरदुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ ।

यस्तै राति कोशी प्रदेशको पहाडी भू्भाग तथा मधेस प्रदेशसहित कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकरदुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो ६ घण्टामा तनहुँ, कञ्चनपुर, बर्दिया, नवलपरासी, कास्की, बाग्लुङलगायतका ठाउँमा मध्यमदेखि ठूलो पानी परेको छ ।

सम्वन्धित समाचारहरु