इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने - Pyuthan Online
मंसिर १५ गते २०८२

इजरायलले विपिन जोशीलाई आज अन्तिम बिदाई दिने

प्युठान अनलाईन
प्युठान अनलाईन
कार्तिक २ गते २०८२

काठमाडौँ । इजरायलले हमासबाट मारिएका नेपाली युवा बिपिन जोशीलाई आज अन्तिम बिदाई गर्ने भएको छ ।बन्धक र बेपत्ता रहेका परिवारको फोरमले स्थानीय समय अनुसार आइतबार बिहान साढे बजे आर्मर्ड ब्रिगेड मेमोरियल ९बेन गुरियन विमानस्थलमा बिदाई गर्ने जानकारी दिएको छ ।फोरमले भनेको छ । इजरायलका जनताले हमासद्वारा अपहरण गरी बन्धक बनाइएका निर्दोष पीडित बिपिन जोशीको मृत्युमा शोक मनाउँदै गहिरो शोकमा शिर झुकाउनेछन् । इजरायलमा कृषि अध्ययन गर्न मन पराउने यस विद्यार्थीलाई उनको नेपाल फर्कने अन्तिम यात्रामा साथ दिन र अन्तिम श्रद्धाञ्जली अर्पण गर्न जनता र मिडियालाई आमन्त्रित गरिएको छ ।साथै इजरायल सरकारले स्थानीय समय अनुसार बिहान बिहान १० बजे विपिनको सम्मानमा राज्यस्तरीय स्मृति समारोह आयोजना हुने फोरमले जनाएको छ ।

२०२४ को अक्टोबर ७ मा हमासबाट अपहरित विपिनको शव असोज २७ गते राति इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । साथै इजराली सेनाले हमासले विपिनको हत्या, अपहरण गरेको केहि महिनामै गरेको अनुमान गरेको छ ।