सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १९ गते २०८२

काठमाडौ, १९ जेठ । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरू बैठकमा नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । बैठक प्रतिनिधिसभाको आगामी बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा केन्द्रित छ ।

त्यसबाहेक पनि बैठकमा अर्को एउटा फरक दृष्य देखिएको छ । बैठकमा प्रधानमन्त्री कार्यालयले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्नका लागि एकै किसिमको कुर्सीको व्यवस्था गरिएको छ ।

यसअघि तीन नेताले भेट्दा प्रचण्ड र देउवा छेउका सोफामा दायाँ बायाँ बसेका हुन्थे भने प्रधानमन्त्री बीचमा विशेष कुर्सीमा बसेका हुन्थे । सत्ताधारी दुई दलको बैठकमा भने यस अघिदेखि नै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाका लागि विशेष कुर्सीको व्यवस्था गरिँदै आइएको छ । माओवादी सहित प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहेका बेला प्रधानमन्त्री कार्यालय प्रचण्डका लागि पनि विशेष कुर्चीको व्यवस्थापन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सम्वन्धित समाचारहरु