चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने राप्रपाको निर्णय - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने राप्रपाको निर्णय

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी चैत २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । आन्दोलन मुल समितिको आज बसेको बैठकले वैशाख ७ बाट निरन्तर राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय लिएको अध्यक्ष राजेन्द्र लिङदेनले बताउनुभयो । लिङदेनका अनुसार, राप्रपा आजैबाट आन्दोलनमा होमिएको छ । राप्रपाले राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा जुन समूहले शान्तिपूर्ण आन्दोलन गरे पनि त्यसलाई समर्थन जनाउने निस्कर्ष निकालेको छ ।

‘राजसंस्था हिन्दुराष्ट्रको पक्षमा र संघीयताको विपक्षमा जजसले आन्दोलन गरे पनि शान्तिपूर्ण हामी समर्थन गछौ ।’ लङ्देनले भन्नुभयो । त्यस्तै, विसं २०८२ साल वैशाख ७ गतेबाट निरन्तर रुपमा राजधानी केन्द्रित आन्दोलन गर्ने निर्णय पनि राप्रपाले गरेको छ ।

सम्वन्धित समाचारहरु