टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २७ गते २०८२

काठमाण्डौ – टी–२० विश्वकपको समूह चरणको खेलमा पाकिस्तानले भारतसँग खेल्ने भएको छ । यसअघि पाकिस्तान सरकारले भारतसँगको खेल नखेल्ने घोषणा गरेको थियो । तर त्यसपछि भएका निरन्तरका छलफलबाट हिजो बेलुका पाकिस्तान सरकार र आईसीसीबाट एकैसाथ खेल्ने निर्णय भएको  विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

प्रतियोगिताको व्यावसायिक केन्द्रबिन्दु मानिने यी दुई देशबीचको खेल यहि फेब्रुअरी १५ तारिख अर्थात् आउँदो आइतबार कोलम्बोमा हुनेछ । छलफलबाट भारतमा खेल्न अस्वीकार गरेको कारण टी–२० विश्वकप बहिष्कार गरेको बङ्गगलादेशलाई कारबाही नगर्ने पनि निर्णय भएको छ ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले यस विषयमा श्रीलङ्काका राष्ट्रपति कुमारा दिसानायकेसँग पनि कुरा गर्नुभएको थियो । आईसीसीले पनि वार्ता सफल भएको बताएको छ ।

आईसीसी र पीसीबी बीचको वार्ता दुवै पक्षले रचनात्मक व्यवहारको आवश्यकतालाई स्वीकार गर्दै र इमानदारी, तटस्थता र सहयोगका साथ खेलको सर्वोत्तम हितको सेवा गर्ने आफ्नो आकांक्षामा एकताबद्ध, प्रतिबद्ध र उद्देश्यपूर्ण रहेको व्यापक संलग्नताको अंशको रूपमा भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।