मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु
नवलपुर : मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा कावासोतीमा शनिबार साँझ दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कावासोती-११ का ईश्वर दर्लामी र सागर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए। उनीहरू एकैघरका दाजुभाइ हुन्। देवचुलीको मुन्डेबाट फर्कने क्रममा कावासोती १ लोकाहा खोला नजिकै मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ।