सिहं दरबार गाउँगाउँमा भनेझै झिमरुकका अध्यक्ष महतरा जनगुनासो सुन्न बस्तीबस्तीमा - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सिहं दरबार गाउँगाउँमा भनेझै झिमरुकका अध्यक्ष महतरा जनगुनासो सुन्न बस्तीबस्तीमा

शम्भु सुनार
शम्भु सुनार
श्रावण ३० गते २०८२

प्यूठान । नेपालको संविधान २०७२ बमोजिम नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । यी तीन सरकारले राज्यशक्तिको प्रयोग सहकारिता, सहअस्तित्व र समन्वययका आधारमा गर्दछन् । स्थानीय सरकारहरु भएपछि सिहं दरबार गाउँगाउँमा भएको जनताले महशुस गरेका छन । प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्री आर्थिक वर्ष २०८२–०८३ मा जनताको आवश्यक समस्याहरु पहिचाहन गरेर काम गर्ने उदेश्यले शुक्रबार मर्कबाङ जनताको गुनासो सुन्न बस्तीबस्तीमा पुगेको मिलन एमसीले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो ।

बस्तीमा पुग्नु भएको अध्यक्ष महतरा क्षेत्रीले भन्नुभयो, “पालिकाले सबै वडामा हेर्नुपर्ने भएकाले जनताको मुल आवश्यकता अवका दिनमा केके रहेका छन र आवश्यकता अनुसार क्रमिक रुपा पुरा गर्ने हेतुले बस्तीबस्तीमा सुझाव लिन पुगेका हौ। ” बस्तीबस्तीमा पुग्दा धेरै समस्याहरुको पहिचाहन भएकाले सबैलाई प्रथामिकता अनुसार पुरा गर्ने अध्यक्ष महतरा क्षेत्री बताउनुभयो । अध्यक्ष महतरा निर्वाचित भएसँगै विकास निर्माणका कार्य, शौक्षिकमा गुणस्तर , चेतनामुलक कार्यक्रमहरुमा युवाहरुलाई लक्षित गरी गरेको स्थानीय गिरजोन विकले बताउनुभयो ।

गाउँपालिकाको टोलबस्तीमै गुनासो सुन्ने कार्यक्रमको सुरुवात अध्यक्ष महतरा गर्नुभएको छ । उहाँले यहि साउन १७ गतेदेखि गुनासो सुन्ने अभियानको सुरु गर्नु भएको हो ।

सम्वन्धित समाचारहरु