बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

बागमतीमा लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण ३१ गते २०८२

काठमाण्डौ – बागमती प्रदेशमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोगविरुद्ध सप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ ।

अहिले गाई/भैँसीमा लम्पी स्किन रोग देखा पर्नेक्रम बढेको र यसको रोकथाम तथा नियन्त्रणका लागि सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागेको प्रदेश सरकारले जनाएको छ ।

भोलिदेखि शुरू हुने यो अभियान बागमतीमा एक हप्तासम्म चल्नेछ । अभियान अन्तर्गत प्रदेशभरका एक सय १९ वटा पालिकामा झन्डै एक लाख २० हजार डोज खोप निःशुल्क वितरण गर्ने तयारी छ ।

प्रदेशको कृषि मन्त्रालयकाअनुसार लम्पी स्किनविरुद्ध लगाउन लागिएको खोप सुरक्षित र प्रभावकारी हुने अपेक्षा छ ।

लम्पी स्किन रोगले गाई/भैँसीको छालामा गाँठा वा फोका देखिने, उच्च ज्वरो आउने, दूध उत्पादनमा कमी आउनेलगायतका लक्षण देखिन्छन् ।

बागमतीका जिल्लामध्ये चितवनमा यो रोग तीव्ररूपमा फैलिएको छ । पशुचौपायाका लागि खोप अभियानको शुरुवात ललितपुरबाट गरिनेछ भने त्यसपछि अन्य १३ वटै जिल्लामा सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा बागमती प्रदेशमा ११ हजार दुई सयभन्दा धेरै गाईभैँसी लम्पी स्किन रोगका कारण मरेका तथ्याङ्क छ ।

यसअघि बागमती प्रदेशभर दुई लाख ४५ हजार दुई सयभन्दा धेरै गाई तथा भैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

तथ्याङ्कअनुसार बागमती प्रदेशभर गाई/भैँसीको सङ्ख्या १३ लाखभन्दा धेरै छ । बागमतीसहित कोशी, मधेश, लुम्बिनी, गण्डकी पनि लम्पी स्किनको सङक्रमण देखिएको छ ।

विगतमा पनि लम्पी स्किन रोगका कारण किसानले ठूलो आर्थिक क्षति भोग्नुपरेको थियो ।

सम्वन्धित समाचारहरु