एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्यो
एजेन्सी ः एयर इन्डियाको विमान दुर्घटनामा मुत्यु हुनेको संख्या २६५ पुगेको छ। अहमदाबादबाट लण्डन जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर बिहीबार दुर्घटना भएको थियो। प्रहरीका अनुसार हालसम्म २६५ शव सिभिल अस्पतालमा ल्याइएको छ। जहाजमा २४२ यात्रु सवार थिए। तीमध्ये २४१ जनाको मृत्यु भइसकेको छ भने घाइते एकजनाको उपचार भइरहेको छ। ज्यान गुमाउने अन्यमा अहमदाबादको