पत्रकार रजकको हत्याको बिरोधमा प्युठानमा प्रदर्शन
प्यूठान ,चैत्र १६ ।राजावादीहरुको प्रदर्शनका क्रममा शुक्रबार काठमाण्डौकाे तिनकुनेमा भएको पत्रकार सुरेश रजकको हत्याको बिरोधमा जिल्लाका पत्रकारहरुले बिरोध प्रदर्शन गरेका छन । शनिबार बिहान बिजुवार मित्रमणी चोकमा भएको कार्यक्रममा बोल्दै पत्रकारहरुले हत्या र मिडिया माथिको आक्रमणको बिरोध गरेका हुन । राजाबादीको नाममा अराजक समुहले ब्यत्तिगत घरहरुमा आक्रमण गर्ने, लुटपाट मच्चाउनेदेखि पत्रकारलाई जिउदै जलाउने कार्य निन्दनीय