पाकिस्तानमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा ३ सय ३७ पुग्यो - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पाकिस्तानमा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या कम्तिमा ३ सय ३७ पुग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
भाद्र २ गते २०८२

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा ठूलो वर्षापछि अचानक आएको बाढी तथा पहिरोमा परी कम्तीमा तीन सय ३७ जनाको ज्यान गएको छ । दर्जनौँ मानिस अझै बेपत्ता भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी बुनर जिल्लाका छन् । त्यहाँ मात्रै दुई सय सात जनाको ज्यान गएको छ । धेरै गाउँमा घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन् । सडकहरू अवरुद्ध भएका र ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुगेको अल जजिराले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रका बासिन्दाले बाढीबारे समयमै सचेत नगराएको भन्दै सरकारको आलोचना गरिरहेका खबरमा उल्लेख छ । सरकारले भने आपतकालीन पूर्वसूचना प्रणाली सक्रिय रहेको तर वर्षा अत्यन्त तीव्र भएकाले सूचना पुग्नुभन्दा पहिले नै बाढी आएको दाबी गरेको छ ।

सम्वन्धित समाचारहरु