विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित - Pyuthan Online
असार ३० गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १४ गते २०८३

काठमाण्डौ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को ७० औँ खेलमा बलियो टोली अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सहज र सानदार जित दर्ता गरेको छ। यस प्रतिस्पर्धात्मक खेलमा जोर्डनले दोस्रो हाफमा केही कमब्याकको प्रयास गरे पनि अर्जेन्टिनाको बलियो आक्रमण सामु त्यो पर्याप्त हुन सकेन। अर्जेन्टिनाले खेलको सुरुवातमै दबदबा बनाएको थियो।

१९ औँ मिनेटमा जियोभानी लो सेल्सो र ३१ औँ मिनेटमा लाउटारो मार्टिनेजले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्‍याउनु भएको थियो । दोस्रो हाफमा जोर्डनले आक्रामक रणनीति अपनायो। खेलको ५५ औँ मिनेटमा जोर्डनका स्टार खेलाडी मुसा अल–तामारीले उत्कृष्ट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएर खेलमा रोमाञ्चकता थप भएको थियो ।

खेलको ६० औँ मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अर्जेन्टिनाका स्टार लियोनल मेसीले खेलको ८० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको ३–१ को जित निश्चित गर्नुभयो । यो जितसँगै अर्जेन्टिनाले समूह जे मा आफ्नो बलियो उपस्थिति र उच्च फर्मलाई कायम राखेको छ भने जोर्डनले उत्कृष्ट खेल प्रदर्शन गरे पनि नकआउट चरणबाटै बाहिरियो। जारी विश्वकपमा मेसीको यो छैठौं गोल हो। अर्जेन्टिनाले नकआउट चरणमा डेब्युटान टोली केप भर्डेसँग खेल्नेछ।

सम्वन्धित समाचारहरु