पाँच खेलको टेस्ट शृङ्खलामा भारत इङ्ग्ल्यान्डसँग २२ रनले पराजित
३१ असार । बेलायतको लड्समा भएको पाँच खेलको तेस्रो टेस्ट क्रिकेटको अन्तिम दिन इङ्ग्ल्यान्डले भारतलाई २२ रनले हराएको छ । भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इङ्ग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । यसअघि बेन स्टोक्सको टोलीले भारतलाई पाँच विकेटले हराएको थियो । विदेशी भूमिमा