सुनको भाउ आज तोलामा एक लाख ९१ हजार रुपैयाँ पुग्यो - Pyuthan Online
असार १६ गते २०८२

सुनको भाउ आज तोलामा एक लाख ९१ हजार रुपैयाँ पुग्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ८ गते २०८२

८ बैशाख । आज सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ एकैदिन एक हजार दुई सय रुपैयाँले बढेर तोलाको एक लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८९ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउमा भने आज पनि घटबढ भएको छैन । आज चाँदीको भाउ हिजोजस्तै तोलाको एक हजार नौ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।