सिराहामा दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

सिराहामा दलित समुदायको घर भत्काएपछि वडाध्यक्ष पक्राउ, १३ जनाविरूद्ध जाहेरी

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २० गते २०८२

सिराहा। सिराहामा आपसी विवादमा घर भत्काइदिएपछि वडाध्यक्ष पक्राउ परेका छन्।कल्याणपुर नगरपालिका ८ का रामकिशोर यादव पक्राउ परेका हुन्।उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले जानकारी दिए।

उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ। दसैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो। त्यही बेलामा अनधिकृत जग्गा (ऐलानी) मा बसेका ४–५ वटा घर भत्काइदिएको एसपी शर्माले बताए।तीन वटा घर पूर्ण रूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ ।

उनले भने, लुटपाट भएको भन्नेकुरा पनि आएको छ। हामी अनुसन्धान गरिरहेका छौं। यस घटनाबारे पीडित पक्षसँग कुराकानी भइरहेको उनले सेतोपाटीलाई जानकारी दिए।

सम्वन्धित समाचारहरु