स्वर्गद्वारीमा समाचार लेखन र न्यू मिडिया तालिम सम्पन्न - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

स्वर्गद्वारीमा समाचार लेखन र न्यू मिडिया तालिम सम्पन्न

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २३ गते २०८२

प्यूठान । जिल्लको स्वर्गद्वारी नगरपालिका वडा ३ जलुकेमा २ दिने समाचार लेखन र न्यू मिडिया सम्बन्धी तालिम सम्पन्न भएको छ । होटेल स्वर्गद्वारी दर्शनमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोग र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा आईतबार देखी सञ्चालन गरिएको तालिम सोमबार सम्पन्न गरिएको हो ।

महासंघका उपाध्यक्ष रामप्रसाद आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव गोविन्द शर्मा, महासंघ प्यूठानका सहसचिव बोम बहादुर परियार, नेपाल प्रेस युनियन लुम्बिनीका सचिव शम्शेर विक्रम जिसी पत्रकार सिपी पौडेल र प्रेस सेन्टर प्युठानका कोषाध्यक्ष सन्तोष सुनारले शुभकामना मन्तव्य राखेका थिए ।

पत्रकारहरूको लेखन सीप अभिवृद्धि तथा डिजिटल पत्रकारितासँग अभ्यास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा समाचार लेखन र न्यू मिडिया सम्बन्धी विषयमा अग्रज पत्रकार चेतन अधिकारी र माधव अर्यालले सहजीकरण गरेका थिए । दुई दिनसम्म सञ्चालन तालिममा प्युठान र रोल्पामा कार्यरत ३५ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागि पत्रकार महासंघ लुम्बिनीले प्रदेशका १२ जिल्लाका पत्रकारहरुलाई समेट्ने गरी ६ जिल्लामा विभिन्न विधाहरुमा तालिम दिन थालेको जनाएको छ ।

सम्वन्धित समाचारहरु