दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोबाट २४ जनाको मृत्यु - Pyuthan Online
फागुन २० गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोबाट २४ जनाको मृत्यु

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १२ गते २०८१

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा पारी कम्तीमा २४ जनाको मृत्यु भएको छ । दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । डढेलो फैलिँदै गएपछि २३ हजार जनाभन्दा धेरै मानिस घर छोडेर अन्यत्र गएका छन् । आगलागीबाट एक प्राचीन बौद्ध मन्दिर, घर, कारखाना र गाडीहरू जलेर नष्ट भएका छन् । आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।

यसैबीच आगो निभाउन परिचालन भएको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । आगलागीबाट झन्डै १७ हजार हेक्टर जङ्गल नष्ट भएको र क्षेत्रफलको हिसाबले यो डढेलो दक्षिण कोरियाको इतिहासमा तेस्रो ठूलो बनेको बीबीसीको खबरमा उल्लेख छ । डढेलो निभाउन हजारौं अग्निनियन्त्रक र झन्डै पाँच हजार सैन्य कर्मचारी परिचालन गरिएको छ । साथै कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि प्रयोग भएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति हान डक–सुले आगलागीको सङ्कट अझै गम्भीर रहेको बताउनुभएको छ ।।

सम्वन्धित समाचारहरु