दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे - Pyuthan Online
असार ३२ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १४ गते २०८१

दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलो परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ । डढेलोमा परी ३२ जना घाइते भएका दक्षिण कोरियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ६० र ७० वर्ष उमेर समूहका छन् । डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । एक हजार तीन सय वर्ष पुरानो बौद्ध मन्दिरसहित कैयौं प्राचीन स्थल आगोले जलेर नष्ट भएका बीबीसीको खबरमा उल्लेख छ ।

दक्षिण कोरियाको इतिहासमै भयानक डढेलोका कारण एक हप्तामा ३५ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा क्षति पुगेको छ ।

तीव्र गतिको हावा र सुक्खा जमिनका कारण डढेलो फैलिरहेको अधिकारीहरूले बताएका छन् । हिजो डढेलो निभाउने क्रममा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।