`वसन्त´ ट्रेलर रिलिज (भिडियो) - Pyuthan Online
श्रावण १४ गते २०८२
ब्रेकिङ न्यूज
हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन् हेवाखोलाले डाईभर्सन बगायो, मेची राजमार्ग अवरुद्ध गाजामा कुपोषणको स्तर चिन्ताजनक रहको डब्लुएचओको चेतावनी आज यी स्थानमा भारी वर्षाको सम्भावना क्वाडी बाग्दुला सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना हटाउन प्युठान नगरपालिकाको ३५ दिने ‘अल्टिमेटम’ प्रचण्डको जनार्दन लक्षित टिप्पणी स् केहि साथीहरु मसँग सिँगौरी खेल्दैछन्

`वसन्त´ ट्रेलर रिलिज (भिडियो)

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

Responsive YouTube Embed

अभिनेता प्रकाश सपूतको निर्देशनमा तयार भएको पहिलो फिल्म ‘वसन्त’को ट्रेलर सार्वजनिक गरिएको छ । जनआन्दोलनको समय अर्थात् ०६२/६३ सालको परिवेशमा तयार पारिएको फिल्मले जात व्यवस्थाविरूद्धको कथा उठाएको छ  l

 फिल्मको कथा दुई पात्र वसन्त (प्रकाश सपूत) र शान्ति (स्वस्तिमा खड्का)को वरिपरि घुम्छ, जो प्रेममा छन् तर जात नमिलेकै कारण सम्बन्ध संकटमा छ । जात व्यवस्था हटाउन शान्ति पात्रले विद्रोहको बाटो अपनाएको पनि ट्रेलरमा देखिन्छ । ट्रेलर रिलिजपछि फिल्मको टिमले समाखुसीस्थित सिटी स्क्यावर भवनमा ‘वसन्त साँझ’को समेत आयोजना गरेको थियो । जसमा प्रकाशसहित शान्तिश्री परियार, प्रिती आले, देवेन्द्र बब्लुलगायतले सांगीतिक प्रस्तुति दिएका थिए ।

यही चैत २२ गतेदेखि प्रदर्शन आउन लागेको ‘वसन्त’मा प्रकाश र स्वस्तिमासहित प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतको अभिनय छ । प्रकाश स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा मोहन विश्वकर्मा र विन्दू बोहोरा (सपूत) निर्मातामा छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन रहेको छ ।