`कर्मा´ को गीतमा साडी लगाएका विपिन (भिडियो) - Pyuthan Online
श्रावण २ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

`कर्मा´ को गीतमा साडी लगाएका विपिन (भिडियो)

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र ९ गते २०८१

Responsive YouTube Embed

फिल्म ‘कर्मा’को पहिलो गीतको रूपमा ‘सारी लगाइदेऊ’ सार्वजनिक गरिएको छ । सलिना बि.कको स्वर रहेको गीतमा भाष्कर स्वाँरको संगीत, सुष्मा सिग्देलको शब्द तथा भाष्कर स्वाँर र सुवास पौडेलको संगीत संयोजन छ । मौलिक नेपाली शब्द प्रयोग गरिएको उक्त गीतलाई रत्यौली संस्कृतिमा तयार पारिएको छ ।

गीतको भिडियोमा फिल्मका शीर्ष कलाकारहरु विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल लगायत प्रस्तुत छन् । विवाहको आकर्षक सेटअपमा खिचिएको भिडियोमा उपासना नृत्य गर्दै देखिएकी छन् भने विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । उनलाई उपासनासहितले महिलाको मेकअप र पहिरन लगाइदिएर सिंगारेका छन् । यसमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

सौरभ चौधरीको कथा लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विपिन, उपासना र मुकुनसहित सरिता गिरी, बेन बस्नेत, दिव्य देव पन्त, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा, जेभिस श्रेष्ठ लगायतको अभिनय छ । वसन्त लम्सालको लगानी रहेको फिल्ममा सञ्जय लामाको छायांकन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा निमेष श्रेष्ठको सम्पादन छ ।