भाइरल गोर्खे’ टिजर सार्वजनिक (भिडियो) - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

भाइरल गोर्खे’ टिजर सार्वजनिक (भिडियो)

प्युठान अनलाईन
प्युठान अनलाईन
चैत्र १३ गते २०८१

निगम श्रेष्ठ निर्देशित फिल्म ‘भाइरल गोर्खे’को टिजर सार्वजनिक भएको छ । टिजरमा सौगातलाई ‘सुपरस्टार’को ट्याग पनि दिइएको छ । सौगात र सृष्टिबीचको दृश्य पनि टिजरमा समेटिएको छ, जसमा उनीहरु एकअर्कासँग घनिष्ट देखिन्छन् । ब्रेकअपपछि उनीहरुले एकसाथ काम गरेको यो पहिलो फिल्म हो ।

टिजरमा चर्चित पत्रकार ऋषि धमलालाई पनि देख्न सकिन्छ । उनी पत्रकारकै भूमिकामा छन् ।निर्देशक श्रेष्ठ स्वयंको लेखन रहेको फिल्ममा सौगात, सृष्टि र ऋषिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, विकास लामा, सपना चौधरी, ध्रुव थापा, सुनिल तामाङ लगायतको अभिनय छ ।

निर्देशक श्रेष्ठका अनुसार भाइरल प्रवृत्तिको पछि लाग्दाको प्रभाव र असरको परिणामलाई फिल्मले देखाउनेछ । ‘छड्के’, ‘छड्के २’ र ‘लालपूर्जा’पछि उनको निर्देशनमा बनेको यो चौंथो फिल्म हो ।जिएमआई फिल्मस् र निर्भाना फिल्म स्कुलको ब्यानरमा विशाल ताम्राकार, केवल जंग कुँवर र महेश लामिछानेले फिल्मको निर्माण गरेका हुन् ।

फिल्मको सह-निर्मातामा भुवन अधिकारी र निखिल पौडेल रहेका छन् । यसमा अमर महर्जनको डिओपी तथा सुरज महर्जनको सिनेमेटोग्राफी छ भने रवि चौधरी र भीम विश्वकर्माको संयुक्त सम्पादन तथा अमित श्रेष्ठको साउन्ड डिजाइन रहेको छ ।आगामी जेठ ३० गतेदेखि फिल्म प्रदर्शनमा आउन लागेको छ l






Responsive Page