उनी नै जीवन हुन् अनि जीवन भन्नु नै उनी हुन्, सपनीमा पनि उनी छिन्, विपनीमा पनि उनी छिन् । उनी छिन् र त जीवन जीवन जस्तो बनेको छ । उनी छिन् र त जीवनले गति लिएको छ, लय लिएको छ, पलपल, हरपल जीवनमा खुसी छाएको छ ।
साच्ची कति प्यारी उनी, कति मायालु उनी, पलभर छोड्दैन उनको यादले, सम्झनाले । जति बेला पनि उनी, जे गर्दा पनि उनी, जसो गर्दा पनि उनी नै उनी । जीवन भरि उनी, खुसी भरि उनी, खुसीमा नि उनी, दुःख, सुखका सबै भावमा उनी नै उनी । जीवनका रङहरुमा पानीमा चिनी झैं घुलमिल छिन् उनी ।
यस्तो लाग्छ उनी विना नि जीवन चल्छ र ? उनी विना नि स्वासप्रस्वास चल्छ र ? उनी भए जीवन यसै रमाइलो उसै रमाइलो, उनी भए जीवन यसै घमाइलो …उनी भए जता पनि जे गरे नि रमाइलो नै रमाइलो ।