जेष्ठ ६ रोल्पा । रोल्पामा भेटिएको सकेट बम डिस्पोज गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा नं. २ दहबनमा रहेको भगवति माध्यामिक विद्यालयको भवन बनाउनका लागि जग खन्ने क्रममा भेटिएको सकेट बम डिस्पोज गरिएको हो । सोमबार मध्यान्न १२ः४५ बजे जग खन्ने समयमा स्थानीयहरुले बम फेला पाए लगत्ते प्रहरी चौकी नुवागाउँमा खबर गरेका हुन ।
आज सुर्यदल गण लिवाङ ब्यारेक रोल्पाबाट सेनानि शंकर थापाको कमाण्डमा–१० जनाको टोलि पुगी बम सुरक्षित तरिकाले डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।