६ गते जेठ ,प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिकाले भिगृ बजार क्षेत्रभित्र अनियन्त्रित रुपमा छोडिएका छाडा पशुपन्छी चौपायाहरु व्यवस्थापन गर्न नगरबासीहरुलाई आग्रह गरेको छ । छोडिएका छाडा पशुपन्छी चौपायाबाट सडक, चोक, खेतबारी समेतमा अतिक्रमण हानी नोक्सानी बढ्दै गएको र चौपायाको मृत्युसँगै वातावरणीय प्रदूषण एवम् सडक दुर्घटना समेत बढ्दै गईरहेको अवस्था नगरबासीहरुमा जानकारी गराउदै मङ्गलबार सुचना निकाली व्यवस्थापन गर्न आग्रह गरेको हो । ।
यस समस्याको समाधान कुनै एक पक्षको प्रयास मात्रले सम्भव नहुने हुँदा संरक्षणमा क्रियाशील सरकारी निकाय एवम् अन्य गैरसरकारी संस्थाहरू, पशु अधिकारकर्मी, सामाजिक अभियन्ता र नागरिक समाजले सहयोग गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
यदि कसैले अनियन्त्रित तरिकाले छाडा रुपमा पशुपन्छी चौपायाहरू (गाई, गोरु, भैंसी, सुंगुर, बड्डुर, बाख्रा, पाडा, पाडी, कुखुरा) आदि छोडेको पाइएमा नगरपालिकाद्वारा कानून बमोजिम कारवाही गर्ने चेतवानी दिएको छ ।
