झिमरुक गाउँपालिकाद्वारा लोगो सार्वजनिक - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

झिमरुक गाउँपालिकाद्वारा लोगो सार्वजनिक

शम्भु सुनार
शम्भु सुनार
असार ७ गते २०८२

शनिबार ,असार ७ गते। जिल्लाको झिमरुक गाउँपालिकाले आफ्नो लोगो सार्वजनिक गरेको छ । लोगो बनाउन प्रस्ताव आह्वान गरिएको अनुसार पेश गरिएका लोगो मध्ये झिमरुक गाउँपालिका ५ मच्छी बस्ने सृजना पौडेलले तयार गरेको लोगो उत्कृष्ट भएकोले उक्त लोगोलाई गाउपालिकाले सार्वजनिक गरेको हो।

लोगो भनेको पहिचाहन भएकाले हामीले पनि गाउपालिकाको आफ्नै लोगो बनाएको अध्यक्ष पित बहादुर महत्तरा क्षेत्रीले जानकारी दिनुभयो । कार्यालयको कार्यसम्पादनमा प्रयोग गर्ने कागजपत्रमा लोगो प्रयोग हुने अध्यक्ष महत्तरा क्षेत्रीले बताउनुभयो ।

सार्वजनिक गरिएको लोगोको दायाँबायाँ साइडमा शान्तिको प्रतीक आठ वटा परेवा, राष्ट्रिय फुल लालिगुँरास, झिमरुक र गर्तनखोला आसपास कृषि योग्य जनिम ढाँडा रक गार्डेन, इस्ना भगवती मन्दिर, ओखरकोट बादिकोट खड्क देवता मन्दिर सहित पर्यटन प्रवर्द्धन,पर्यावरणीय महत्व हरियाली प्राकृतिक सौन्दर्य, धार्मिक सास्कृतिक आध्यात्मिक, परम्परा मुल्य मान्यता, रितिरिबाज संस्कृति, प्रशासनिक सिमा भौगोलिक पहिचान, फलफुल ,अन्नबाली कृषि फाट लगायत पालिकाको पहिचान झल्काउने विषयवस्तु समावेश गरि लोगो तयार गरिएको छ ।