प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

सन्तोष सुनार
सन्तोष सुनार
पौष ९ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका लाग्ने प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बुधबार “ कृषि, पर्यटन ,उद्योग र व्यापार, स्वर्गद्वारी हाम्रो पहिचाहनको आधार ” नाराको साथ प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ को लागी स्वर्गद्वारी नगरपालिका ३ मा रहेको धर्मशालामा सम्पन्न भएको हो । कार्यक्रममा प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रका अध्यक्ष विष्णु योगीले महोत्सवको बारेमा जानकारी दिनुभएको थियो । महोत्सवमा स्थानीय कृषि उत्पादन, पर्यटन क्षेत्र, धार्मीक स्थल, राष्ट्रिय तथा स्थानीय कलाकारहरुलाई ल्याईने अध्यक्ष योगी बताउनु भएको थियो । महोत्सवबाट उठेको आर्थीकलाई धर्मशालाको माथिल्लो तला थप्ने एवम् सामाजिक कार्यहरुमा लगानी लगाउने अध्यक्ष योगीले जानकारी दिनुभयो थियो ।

कार्यक्रममा प्रमुख अथिति रहनु भएका प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले महोत्सवबाट उठेको रकम प्यूठान जिल्लाका विभिन्न ठाउँहरुको विकासमा लगाएको बताउनुभएको थियो । स्वर्गद्वारी नगर बजार क्षेत्रले पनि प्रथम पटक महोत्सव लगाउन लाग्दा निकै गर्व लागेको बताउदै सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले महोत्सवमा उठेको रकम सहि ठाउँमा सदुपयोग र पादर्शीता रहोस बताउदै शुभकामना व्यक्त गर्नुभएको थियो । महोत्सवको प्रचार प्रसारमा पत्रकारहरुको निकै राम्रो भुमीका रहने प्रचारप्रसार लाग्ने बताउनुभएको थियो । महोत्सव सकिएपछि आम्दानी र खर्चको विवरण तत्काल गरिने पशुपति क्षेष्ठले बताउनुभयो ।

महोत्सवमा आउने कलाकारमा ज्योती मगर , दुर्गेश थापा , बद्री पङ्गनी ,पिएन सापकोटा लगायत रहेका छन । आयोजक प्यूठान उद्योग बाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्र, समन्वयमा प्यूठान उद्योग बाणिज्य संघ , संरक्षकमा स्वर्गद्वारी नगरपालिका , नेपाल पत्रकार महासंघ प्यूठान रहने भएका छन । महोत्सव बसपार्क नजिकै यहि पौष १८ गते देखी २९ गते सम्म लाग्ने भएको छ ।

सम्वन्धित समाचारहरु