स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुदै - Pyuthan Online
श्रावण ५ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
माघ २० गते २०८२

प्यूठान । स्वर्गद्वारीमा माघ २५ देखी २९ सम्म एच.पि.भी खोप सञ्चालन हुन लागेको छ । मङ्गलबार पालिका स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठिीको कार्यक्रम स्वर्गद्वारी नगरपालिकाको सभाहलमा गरी छुटेका ३९८ जना किशोरीलाई एच.पि.भी.खोप अभियान २०८१ को दोस्रो चरण लगाउन लागेको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरक्षिक दुर्गा प्रसाद गोराथोकीले जानकारी दिनुभयो ।

यो खोप कक्षा ६ मा अध्ययनरत छात्राहरु , विद्यालय नजाने १० वर्षका किशोरीहरु र पहिले चरणमा छुटेका १० देखी १४ वर्ष सम्मका किशोरीहरुलाई लगाईने छ । यो खोपको लगाउनुको मुख्य उदेश्य भनेको महिलाहरुको पाठेघरको क्यानसरबाट हुन जोगिन लगाउने बताईएको छ । एच.पि.भी खोप तयारी झोलको रुपमा एक मात्रको भायलमा उपललब्ध हुन्छ भने एक मात्रमा ०.५ मि.ली. हो र सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो बीच बाहीरी भागमा मासुभित्र दिईने गोराथोकीले बताउनुभयो ।

नगरबासीहरुको स्वास्थ्य स्वास्थ राख्न तथा आवश्यक औषधीहरु चाहेको अवस्थामा पाउनु तथा सुविधा दिनु हाम्रो पहिलो प्रथामिकता रहेकाले स्वास्थ्य क्षेत्रमा रहेका सम्पुर्ण कर्मचारीलाई सेवा दिन नगर प्रमुख टेक प्रसाद भण्डारीले आग्रह गर्नुभएको थियो । पछिल्लो क्रममा पाठेघरको क्यानसरको कारण महिलाको अत्याधिक मृत्यु भएको कारणले यो खोप लगाउन तोकीएकाले किशोरीहरुलाई लगाउन आग्रह गर्दै कतै छुटेमा नगरपालिका तथा वडा र स्वास्थ्य संस्थामा जानकारी गराउन समेत नगर प्रमुख भण्डारीले बताउनु भएको छ ।

खोप लगाउन विद्यालयमा एक जना खोपकर्ता , स्वास्थ्यकर्मी र स्वास्थ्य शिक्षिकाको संलग्नता रहने छ । यो खोप स्वर्गद्वारी नगरपालिकामा ३९८ जना किशोरीहरुलाई लगाउन लागीएको छ भने प्यूठान जिल्लामा २ हजार ९११ जनालाई लगाउन लागीएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

सम्वन्धित समाचारहरु