सोमबार , असार ९ गते । प्युठानको प्रमुख धार्मिक स्थल स्वर्गद्वारीमा एक तीर्थयात्रीको मृत्यु भएको छ । दर्शनका लागि आएका भारत उत्तर प्रदेश, सिद्धार्थनगरका ६५ वर्षीय राजेन्द्र पासी आइतबार राति भिङीकोट नजिक अचेत भई ढल्नुभएको थियो ।
उहाँलाई तत्काल उपचारका लागि बिजुवार अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकोछ ।
पासी मुटुसम्बन्धी औषधी सेवन गर्दै आएको पारिवारिक स्रोतलाई बताएको छ । मृतकको शव पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।