स्वर्गद्धारी ५ मा विद्युतीय चुलो वितरण हुदै - Pyuthan Online
मंसिर १७ गते २०८२
ब्रेकिङ न्यूज
सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित सोनौलीबाट दिल्ली जाँदै गरेको बस दुर्घटना स् दुईजनाको मृत्यु, १५ घाइते रोल्पामा ५ सय लिटर अवैध जाड बरामद गरी नष्ट १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का तोडियो वाइसीयल –अखिल–विद्यार्थीको जुम्रीमा संयुक्त बैठकः एकता सभालाई भव्य बनाउने निर्णय टेस्ट क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ४०८ रनले पराजित

स्वर्गद्धारी ५ मा विद्युतीय चुलो वितरण हुदै

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ ३१ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिका ५ मा विद्युतीय चुलो वितरण हुन लागेको छ । शुक्रबार वडा कार्यालयले सुचना निकाली चुलो प्रयोग गर्न चाहने वडा बासिहरुको लागी वडा कार्यालयले आवेदन फारम भर्नको लागी असार ६ गते सम्म आह्वान गरेको छ । विद्युतीय चुलोमा ३० प्रतिशत मात्र लागत उपभोक्ताको लाग्ने भएको वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

वडाको र उर्जा प्रवद्धन केन्द्र बीच भएको सम्झौता अनुसार वडामा जम्मा ८ सय ५० पिस विद्युतीय (इन्डक्सन) चुलो बितरण हुने वडा अध्यक्ष घर्तिले बताउनुभयो । विद्युतीय (इन्डक्सन) चुलोले खाना छिटो पकाउने, विद्युत् उपयोगमा उच्च दक्षता हुने, दाउरा तथा ग्यासको खर्च बचत गर्ने, र घरभित्र धुवाँरहित वातावरण सिर्जना गर्ने भएकाले वडाबासीहरुमा व्यवस्थापन तथा विकसीत समाज बनाउनु मुख्य उदेश्य रहेको वडा अध्यक्ष घर्तिमगरको भनाई रहेको छ ।

वडा अध्यक्ष घर्तिमगर वडाको विकास र सेवामा लागी पर्नुभएको छ ।