आईसिसीमा नेपालद्वारा ८ विकेटले ओमान पराजित - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

आईसिसीमा नेपालद्वारा ८ विकेटले ओमान पराजित

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख १ गते २०८२

आईसिसी अन्डर १९ विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ। ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३५ ओभरको खेल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो।

आजको खेलमा निरज यादवले ४६ रनको योगदान दिएका थिए। ओमानविरुद्धको खेलमा ओमानले नेपाललाई १ सइ १८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई नेपालले १ सय १७ रनमै अलआउट गरेको थियो। माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युवराज खत्रीको घातक बलिङमा ओमानले निर्धारित ५० ओभरको खेलको ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो।

ओमानका लागि सिद्धार्थ सौवण्य शंकरले १६, रिषभ गुप्ताले ९, जित व्रजेश शाहले ५२, सौम्य भविन सम्पतले ८ रन बनाएका थिए। नेपालका युवराज खत्री एक्लैले ५ विकेट लिए।

युवराजले २ मेडन ओभरसहित ३१ वटा डट बल फ्याँकेका थिए। उनले १५ रन मात्र दिएर ५ विकेट लिएका थिए। उनी बाहेक सन्तोष यादवले २ दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १/१ विकेट लिएका थिए।