जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण - Pyuthan Online
असार १५ गते २०८२

जन्मदिनमा दलित विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

सन्तोष सुनार
सन्तोष सुनार
असार १२ गते २०८२

प्यूठान । जिल्लाको माण्डवी गाउपालिका वडा नं. १ तिरामका वडा अध्यक्ष बाम बहादुर बुढाले आफ्नो जन्मदिनको अवसरमा गणेश मा.वि तिराममा अध्ययन गर्ने २० जना दलित विद्यार्थीहरुलाई शैक्षिक वितरण गरि मनाउनु भएको छ । जन्म दिनको अवसरलाई केही फरक र रचनात्मक क्रियाकलापका साथ मनाउँदै आएको स्मरण गर्दै यो बर्ष विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको वडा अध्यक्ष बाम बहादुर बुढाले बताउनुभयो ।

फजुल खर्च गर्नुभन्दा यस्तै सामाजिक काममा गरिएको लगानी सार्थक र उपलब्धिमूलक बन्ने भएकाले केक काटेर रमाउने विदेशी विकृतिविसङ्गतिलाइ न्युन गराउन सक्ने समेत अध्यक्ष बुढाले बताउनुभयो । वितरण गरिएका शैक्षिक सामाग्रीहरुमा कपी ,कलम लगायतका सामाग्रीहरु रहेका छन ।

अध्यक्ष ३५ औ बसन्त पार गरी ३६ औ बसन्तमा प्रवेश गर्नुभएको छ ।