वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

वाईसियल प्युठानको अध्यक्षमा सुरेश विश्वकर्मा

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ३० गते २०८२

बैशाख ३० गते ,प्युठान। नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल, प्युठानको अध्यक्षमा गौमुखी गाउपालिका निवासी सुरेश विश्वकर्मा निरविरोध निर्वातिच भएका छन ।
मंगलबार जुम्रमिा रहेको आयुष्मा होटेलमा सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा ५५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरिएको हो।

त्यस्तै उपाध्यक्षहरूमा किरण खड्का प्युठान नगरपालिका , बसन्त विक झिमरुक र डम्मर खड्का माण्डवी रहेका छन्। सचिवमा तारा चन्द स्वर्गद्वारी, सह–.सचिवहरूमा संसार थापा ठान नगरपालिका, विपिन पोखरेल सरुमारानी गाउपालिका ,चित्र बहादुर पुन नौबहिनी , सेरचन रसाइली नौबहिनी र निशा मगर प्युठान नगरपालिकारहेका छन भने कोषाध्यक्षमा जुना परियार झिमरुक निर्वाचित भएकी छन्।

अधिवेशनको उद्घाटन प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रका नेता माधव सापकोटा (सुबोध)ले गरेका हुन । कार्यक्रममा माओवादी केन्द्र प्युठानका इन्चार्ज नारायण प्रसाद अधिकारी, केन्द्रीय सदस्य सरस्वती न्यौपाने, लुम्बिनी प्रदेश सचिव कृष्ण अधिकारी, जिल्ला संयोजक यज्ञबहादुर केसी, सञ्चारकर्मी तथा विभिन्न तहका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

सम्वन्धित समाचारहरु