एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण - Pyuthan Online
मंसिर १५ गते २०८२

एसईई परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण

प्युठान अनलाईन
प्युठान अनलाईन
असार १४ गते २०८२

प्युठान। यस वर्षको एसईईमा परिक्षामा प्युठानबाट ४८.८५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। शुक्रवार साझ सार्बजनिक २०८१ सालको परीक्षाको प्रारम्भिक नतिजाले यस्तो देखाएको जिल्ला शिक्षा बिकास समन्वय इकाइ प्यूठानले जनाएको छ। गत वर्ष १२.२७ प्रतिशत नतिजा थियो ।

नियमिततर्फ परीक्षा दिएका ३ हजार ४६९ जना, साधारण तर्फ ग्रेडवृद्धि १ हजार २३६ जना, प्राविधिक धार तर्फ १९६ जना, प्राविधिक धारतर्फ ग्रेडवृद्धि १९ जना २०७८– ०७९ का २० जना ब्याज विद्यार्थी सहभागी थिए। त्यस्तै लुम्बिनीबाट ९७ हजार ६८७ जना विद्यार्थी उत्तीर्ण भएका छन्। यस वर्ष देशैभरि एसईईमा ६१.८१ त विद्यार्थी उत्तीर्ण भएका छन्।

नियमितर्फ परीक्षा दिएका ४ लाख ३८ हजार ८ सय ९६ विद्यार्थीमध्ये २ लाख ७१ हजार २ सय ९९ जना कक्षा ११ मा भर्नाका लागि योग्य भएका हुन् ।