कक्षा १२ को परीक्षा अन्यौलमा ः आज बोर्डको आकस्मिक बैठक बस्दै - Pyuthan Online
जेठ २० गते २०८३

कक्षा १२ को परीक्षा अन्यौलमा ः आज बोर्डको आकस्मिक बैठक बस्दै

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख ९ गते २०८२

बैशाख ९ गते, प्यूठान अनालाई न्यूज डेक्स । शिक्षक आन्दोलन चर्किएसँगै शिक्षामन्त्रीको राजीनामाले कक्षा १२ को परीक्षा अन्यौलमा परेको छ। राष्ट्रिय परीक्षा बोर्डको आकस्मिक बैठक आज बस्दैछ।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले बैठक बिहान ८ बजेका लागि बोलाइएको जानकारी दिए । वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा अब तोकिएको मितिमा हुनेरनहुने स्पष्ट छैन।परीक्षा सञ्चालनका लागि खटिने शिक्षकहरू नै सडक आन्दोलनमा छन्।

शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षक महासंघ आन्दोलित बनेको छ। महासंघले आन्दोलनकै क्रममा कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ।
शिक्षकहरूको अवज्ञा र राजनीतिक दबाबबीच शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन्। मन्त्रीको राजीनामा र शिक्षकको परीक्षा बहिष्कारको निर्णयले परीक्षा सहज सञ्चालनको सम्भावना झन् कमजोर देखिएको छ।

यही परिस्थितिमा परीक्षा बोर्डको बैठक बस्न लागेको हो । बैठकमा परीक्षा तोकिएको मितिमा हुने वा सार्ने, वैकल्पिक व्यवस्थापनको सम्भावना, वा परीक्षा स्थगनजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

सम्वन्धित समाचारहरु