प्यूठान । प्यूठान नगरपालिका १ क्वाडी बेलुवामा रहेका बेलपत्रश्र्वरी मन्दिरमा ५०० विरुवा बृक्षारोपाण गरिएको छ । शनिवार व्यवस्थापन समितिको आयोजनामा पदाधिकारी र प्युठान न.पा.१ र २ को स्थानीयहरुको सक्रिय भुमिकामा बन डिभिजन कार्यालय प्यूठानले दिएको विभिन्न बोटविरुवाहरु मन्दिर परिसरमा बृक्षारोपण गरिएको मन्दिर संरक्षक बेद प्रसाद पौडेलले जानकारी दिनुभयो ।
लगाइएका विरुवाहरुमा बेल , टिमुर दाल्चिन ,निम , गोलमोहर तथा पुजाआजन गर्नका लागी चाहिने विभिन्न फुलहरु रोपिएको पोडेलले बताउनुभयो । पौडेलका अनुसार विराट महायज्ञमा उठेको रकमबाट मन्दिरको सचिवालय समेत निर्माण कार्य अगाडी बढाईएको छ ।