जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी - Pyuthan Online
वैशाख ३ गते २०८३
ब्रेकिङ न्यूज
काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो काँग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने ः एक महिने जरा अभियानु आजदेखि सुरु आजदेखि अण्डाको भाउ बढ्यो प्युठानको माडी खोलामा नुहाउन गएका युवाको ३ दिन पछि शव फेला ऐरावतीमा भीषण आगलागी,९३ लाखभन्दा बढी क्षति, दर्जनौँ पशुचौपाया मरे मध्यपूर्वको तनावका कारण भारतमा बोतलमा राखेको पानीको भाउ बढ्यो

जीवित बन्धकहरूको नयाँ सूचीमा विपीन जोशी

प्युठान अनलाईन
प्युठान अनलाईन
असाेज २६ गते २०८२

काठमाण्डौ – हमास लडाकु समूहको गाजामा बन्धक बनाएकामध्ये नेपालका विपीन जोशी जीवित रहेको नयाँ सूची सार्वजनिक भएको छ । यसअघि २० जनाको सूची सार्वजनिक हुँदा जोशीको अवस्था थाहा हुन नसकेको सीएनएनले प्रकाशित गरेको थियो । तर अहिले वासिङ्टन पोस्टले जीवित २२ जनाको सूचीमा नेपालका विपीन जोशी पनि समेटेको छ ।

दुई सय ५१ जनामध्ये गाजामा अहिले ४८ जना बन्धक छन् । तीमध्ये केहीको ज्यान गएको अनुमान छ । हालै भएको हमास–इजरायल युद्धविरामसँगै बन्धकहरु रिहा हुँदैछन् । त्यसैक्रममा नेपालको कञ्चनपुरका जोशी पनि स्वदेश फर्कने आशा बढेको छ ।

जोशी दुई वर्षअघि सन् २०२३ अक्टोबार ७ तारिखमा आक्रमण शुरु हुनु एक महिना अघि नेपालबाट इजरायल पुग्नुभएको थियो । उहाँ गाजामा अहिले जीवित एक मात्र गैर–इजरायली बन्धक रहेको वासिङ्टन पोस्टको खबरमा उल्लेख छ ।

अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका जोशी रिहा हुने सम्भावना बढेको हो । विपीनको रिहाइका लागि निरन्तर पहल हुँदै आएको छ । उहाँको परिवारले अमेरिकासम्म पुगेर अन्तर्राष्ट्रिय समुदायसँग रिहाइका लागि अपिल समेत गरेको थियो ।

इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गर्नुभएको थियो । त्यसैअनुसार सम्झौता कार्यान्वयनको चरणमा छ । युद्धविराम सम्झौता पूर्णरूपमा कार्यान्वयन भएमा हमासको नियन्त्रणमा रहेका सबै बन्धक रिहा हुनेछन् ।

सम्वन्धित समाचारहरु