प्यूठान । न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युत सट भई आगलागी हुदा एक जना घाईते भएका छन भने चारलाखको क्षति छ । विहिवार स्वर्गद्वारी नगरपालिका वडा न. ७ तापामा रहेको न्यू भुषाल कृर्षि तथा पशुँपन्छि फर्ममा विद्युतको तार सट भई आगलागी हुदा फर्म जलेर नष्ट भएको छ भने फर्ममा कार्यरत सन्तोष चौधरी घाईते भएका छन ।
त्यस्तै फर्ममा रहेका दुई वटा भैँसी मध्ये एक भैँसी जलेर घाईते भएको ईलका प्रहरी कार्यालय भिगृले जानकारी दिएको छ । यो फर्म स्वर्गद्वारी नगरपालिका ४ जिमुरपाटामा बसोबास गर्ने गिरु प्रसाद भुषालको रहेको छ । घाईते भएका चौधरी भुषालका ज्वाई रहेका छन । प्रहरीका अनुसार आगलागीमा चारलाखको क्षति भएको र मुजुल्का पनि उठाएको बताएको छ ।
यो घटना दिउँसो करिब १ः४५ बजे घटेको हो । भुषालको केही दिन अगाडि पनि एक भैँसी मरेको थियो ।