स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

स्वर्गद्वारी नगरपालिकाद्वारा ११३३ विद्युतीय चुल्हो वितरण

सन्तोष सुनार
सन्तोष सुनार
श्रावण ६ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपालिकाले नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरेको छ । मंगलबार एक कार्यक्रमका विच स्वर्गद्वारी नगरपालिका ४ भिगृ बजारमा रहेको कभडहलबाट नगरबासीहरुलाई ११३३ विद्युतीय चुल्हो वितरण गरिएको जिन्सी शाखा प्रमुख शोभाराम रोकाले जानकारी दिनुभयो ।

नगरवासीहरुलाई धुँवाबाट लाग्ने विभिन्न किसिमका रोगहरुबाट बच्न , प्रदुषण रहित वातावरणको सिर्जना गर्न , ग्यास र दाउराको विकल्पको रुपमा विद्युतीय चुल्होलाई प्रयोग गर्न सकिने भएकाले उक्त चुल्हो वितरण गरिएको नगरप्रमुख टेक प्रसाद भण्डारीले बताउनुभयो । विद्युतीय चुल्होको प्रयोगले धुवाँजन्य प्रदूषण घटाइ कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनमा सकारात्मक योगदान पुग्ने भण्डरीको भनाई रहेको छ । विद्युतीय चुल्हो नगरबासीहरुलाई ७० प्रतिशत अनुदानमा मार्फत एक हजार एक सय एक्काईस रुपैँयामा वितरण गरिएको हो ।

कुन वडामा कति वितरण विद्युतीय चुल्हो

स्वर्गद्वारी नगरपालिका वडा नं. १ कोचिबाङ –९४
स्वर्गद्वारी नगरपालिका वडा नं. २ खाल –५०
स्वर्गद्वारी नगरपालिका वडा नं. ३ जलुके –१५८
स्वर्गद्वारी नगरपालिका वडा नं.४ भिगृ –२५३
स्वर्गद्वारी नगरपालिका वडा नं.५ सारी –२५४
स्वर्गद्वारी नगरपालिका वडा नं.६ बेलबास –३५
स्वर्गद्वारी नगरपालिका वडा नं.७ सोत्रे –११८
स्वर्गद्वारी नगरपालिका वडा नं.८ बर्जिबाङ – ६९
स्वर्गद्वारी नगरपालिका वडा नं. ९ जुडापाटा – १०२

सम्वन्धित समाचारहरु