कक्षा १२को नतिजामा झिमरुक जिल्लामै उत्कृष्ट, गाउँपालिकाद्वारा बधाई तथा शुभकानमना - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

कक्षा १२को नतिजामा झिमरुक जिल्लामै उत्कृष्ट, गाउँपालिकाद्वारा बधाई तथा शुभकानमना

शम्भु सुनार
शम्भु सुनार
श्रावण २० गते २०८२

प्यूठान । जिल्लाको झिमरुक गाउपालिका कक्षा १२ को नतिजामा जिल्लामै उतकृष्ठ सफलता हासिल गरेको छ। सोमबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा सार्वजनिक नतिजाअनुसार झिमरुक गाउँपालिकाका सामुदायिक विद्यालयहरूबाट ६०.४२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

गाउँपालिकामा पाँचवटा सामुदायिक माध्यमिक विद्यालयहरूबाट सहभागी भएका विद्यार्थीहरूको प्रदर्शन जिल्लामै उत्कृष्ट भएको हो ।गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विद्यार्थीहरूलाई हार्दिक बधाई दिँदै यस उपलब्धिमा योगदान गर्ने सम्पूर्ण विद्यालय प्रशासन, शिक्षक, अभिभावक, शिक्षा शाखा, युवा तथा खेलकुद शाखा, गाउँपालिका शिक्षा समिति, कर्मचारी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। शिक्षा भनेको मानिसको चेतनाको विकास गराई सभ्य समाजको निर्माण गर्ने भएकाले यसमा लगानी गर्ने सबैको दाहित्व भएकाले गाउपालिकाले विशेष रुपमा हेरेको र लगानी गनरेको अध्यक्ष महतराले बताउनुभयो ।

गाउँपालिकाले मच्चिमा रहेको गौमुखी क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निशुल्क रुपमा अध्ययन गर्ने व्यवस्था गरेको छ ।