प्यूठान । जिल्लाको गौमुखी गाउपालिका १ अर्खाको थनिकामा एक गोठमा आगलागी हुदा आधा दर्जन पशुचौपाय जलेर गम्भिर घाईते भएका छन । मङ्गलबार थनिका निवासी धन बहादुर तामाङको गोठमा दिउसो ३ बजेको समयमा आगलागी हुदा एक हल गोरु , गाभिनो भैसी , एक बाच्छो , एक पाडो र पाडी गरी पशुचौपाय जलेर गम्भिर घाईते अवस्थामा रहेको वडा अध्यक्ष दिल बहादुर थापाले प्यूठान अनलाईनलाई जानकारी दिनुभयो । तामाङ बाख्रा लगेर चराउन जङ्गल जादा बालेको आगो ननिभाई जादाँ आगलागी भएको अनुमान गरेको वडा अध्यक्ष थापाले बताउनुभयो । जलेर गम्भिर भएका पशुचौपायको बाधेको दाम्ला जलेर चुडिदा भाग्न सफल भएको वडा अध्यक्षको भनाई रहेको छ ।
वर्खार्का याममा उक्त गोठमा बस्ने गरेको हुदा नागरिकता , जग्गाको लालपुर्जा र केही नगद रकम भएको बाकस पनि जल्दा पुरै नष्ट भएको छ । त्यस्तै आगलागीमा अन्नपात , लत्ताकपडाहरु, भाडाकुँडा पनि जलेका छन । तामाङलाई स्थानीयबासी , वडा कार्यालबाट केही सहयोग गर्ने वडा अध्यक्ष बताउनु भयो ।
त्यस्तै गाउपालिकाबाट पनि राहतको व्यवस्ता गर्ने उपाध्यक्ष महावीर रानाले बताउनुभयो । आगो बालेपछि पुर्णरुपमा निभाउ, आगोजन्य बस्तुहरु बालबालिकाबाट ताढा राखौ आगलागी हुन र क्षति हुनबाट सुरक्षित रहन उपाध्यक्ष रानाले आग्रह गर्नु भएको छ ।