पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो - Pyuthan Online
श्रावण १ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ नेपाल पुलिसले नवौं एनभीए लिग जित्यो

प्युठान अनलाईन
प्युठान अनलाईन
जेठ १६ गते २०८२

काठमाण्डौ – साबिक विजेता हेल्प नेपालले नवौं प्रधानमन्त्री कप एनभीए लिगको पुरुषतर्फ उपाधि जितेको छ । हेल्प नेपालको यो पाँचौं एनभीए लिग उपाधि हो।पोखरामा हिजो भएको फाइनल खेलमा हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ ले हराउँदै लगातर तेस्रो पटक उपाधि जित्न सफल भयो ।

जीतसँगै  हेल्प नेपाल माल्दिभ्समा हुने काभा क्लब च्याम्पियनशिपमा समेत छनोट भएको छ । लगातार तेस्रो पटक उपाधि जितेको हेल्प नेपालले यसअघि तेस्रो र पाँचौं संस्करणमा पनि उपाधि जितेको थियो ।

यस्तै महिलातर्फ न्युडायमन्ड युथ स्पोर्ट्स क्लबलाई ३ – १ ले हराउँदै नेपाल पुलिस क्लबले लगातार तेस्रो पटक उपाधि जितेको छ ।

पुलिस र न्युडायमन्ड नेपालमा हुने काभा महिला क्लब च्याम्पियनशिपमाका लागि छनोट भइसकेका छन् । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब तेस्रो भएको छ । महिलातर्फ एभरेस्ट भलिबल क्लव तेस्रो भएको छ ।

महिला र पुरुष दुवैतर्फको विजेता हेल्प नेपाल र नेपाल पुलिसले समान ८ लाख, दोस्रो भएका गण्डकी र न्युडायमन्डले समान ४ लाख प्राप्त गरे। यस्तै तेस्रो हुने पुलिस र एभरेस्ट भलिबल क्लबले २ लाख रुपैयाँ प्राप्त गरे ।नेपाल भलिबल सङ्घको आयोजनामा जेठ ८ गते शुरू भएको लिगमा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता थियो ।

सम्वन्धित समाचारहरु