अनिश्चितकालीन आन्दोलन चर्काउने ः राजावादी - Pyuthan Online
श्रावण ३ गते २०८३
ब्रेकिङ न्यूज
ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित ट्राफिक प्रहरीले तिरायो सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ५०० जरिबाना उपप्रमुख रानासँगै तीन भाईको अल्पायुमै दुखद निधन ओली र प्रचण्डसहित कम्युनिष्ट नेताहरु आज एकै मञ्चमा जमघट हुदै अबको तीन दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने विश्वकपमा अर्जेन्टिनाले जोर्डनमाथि ३–१ को सानदार जित

अनिश्चितकालीन आन्दोलन चर्काउने ः राजावादी

प्युठान अनलाईन
प्युठान अनलाईन
वैशाख २६ गते २०८२

प्यूठान अनलई न्यूज डेक्स । राजसंस्था एवं हिन्दू राष्ट्र पुनःस्थापना तथा संघीयताको खारेजीसहितको माग गर्दै आन्दोलनरत राजावादी समूहले अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ । राजावादीको आन्दोलन कमजोर भएको टिप्पणी भइरहेकै बेला उनीहरू आन्दोलन चर्काउनेगरी अघि बढेका छन् ।

राजावादी समूहले गठन गरेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले आगामी १५ जेठदेखि अनिश्चितकालीन आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सुवेदीले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता पूर्णरूपमा असफल भइसकेको दाबी गरे ।

‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न अगामी १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं,’ सुवेदीले भने ।

सबै विचारधारा र शक्ति अटाउने संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सर्वधर्म, समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना तथा केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरूप अहिलेको भन्दा बढी अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार बनाउनुपर्ने उनले बताए ।

‘हाम्रो घोषणा राजनीतिक दलहरूले चाहने हो भने उपरोक्त उद्देश्यहरू सहमति र समझदारीकै आधारमा वर्तमान संविधानकै परिधिबाट हासिल हुन्छ,’ उनले भने । आन्दोलन शान्तिपूर्ण हुने तथा भद्र अवज्ञा र सत्याग्रह आन्दोलनका स्वरूप हुने सुवेदीले बताए । उनले वर्तमान व्यवस्थाले आर्थिक, सामाजिक र सांस्कृतिक संकट, विवाद र द्वन्द्वको अवस्था सिर्जना गरेको दाबीसमेत गरेका छन् ।