नौबहिनीका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

नौबहिनीका प्रमुख प्रशासकीय अधिकृत पौडेल सम्मानित

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २२ गते २०८२

प्यूठान ः जिल्लाको नौवहिनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेल सम्मानित हुनुभएको छ । मङ्गलबार गाउँपालिकाले गरेको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक समीक्षा कार्यक्रमको अवसरमा पौडेललाई प्रशंसापत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।

गाउँपालिकाको समग्र विकास निर्माणमा प्रशासनिक क्षेत्रबाट कुशलतापूर्वक भूमिका निर्वाह गरेको प्रशंसा गर्दै पौडेललाई सम्मानित गरिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापालेबताउनुभयो। असल, सरल , कर्मचारी व्यवस्थापन, सेवा प्रवाहको प्रभावकारिता, बजेट व्यवस्थापन तथा समग्र नेतृत्व क्षमताको कदरस्वरूप सम्मान गरिएको थापाले बताउनुभयो । पौडेल सम्मानित भएपछि बोल्दै सेवाग्राहीलाई सेवा दिनु मेरो कर्तव्य भएको हुदा आफु सेवा दिन नम्र , सरल र समयमै दिन लागी परेको बताउनुभयो । पालिकाको प्रशासनबाट सेवा दिदिा केही कमीकमजोरी भएमा जानकारी गराउन आग्रह गर्दै क्रमिक तरिकाले व्यवस्थापनमा लगी सेवा दिने समेत पा्ैडेलको भनाई रहेको छ ।

पौडेल प्यूठान जिल्लाको मल्लरानी गाउपालिका निवासी हुनुहुन्छ । नौवहिनी गाउँपालिका प्यूठानको दुर्गम क्षेत्रमा पर्ने पालिका हो। उक्त पालिकामा पौडेल विगत तीन वर्षदेखि पालिकामा कार्यरत हनुहुन्छ ।

सम्वन्धित समाचारहरु