जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति - Pyuthan Online
श्रावण २४ गते २०८२
ब्रेकिङ न्यूज
आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो आज रक्षाबन्धन र जनै पूर्णिमा ः दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाईदै आज बागमति प्रदेश सहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना प्यूठान नगरपालिकाद्वारा विपन्न परिवारलाई खाद्यन्न सहयोग जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति भारत उत्तराखण्डको बाढीपहिरोमा परी बेपत्ता हुने नेपालीको सङ्ख्या २२ जना पुग्यो

जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य हो ः वडा अध्यक्ष घर्ति

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २३ गते २०८२

प्यूठान । जिल्लाको स्वर्गद्वारी नगरपालिका ५ सारीका वडा अध्यक्ष गिर बहादुर घर्तिमगरले जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य रहेको बताउनुभएको छ । शुक्रबार प्यूठान अनलाईसँग गरिएको कुराकानीमा विकासको आधार समाज एकता भएकाले वडाबासीहरुलाई एकरुपता बनाउन लागेको र आवश्यकता सेवामा लागी परेको बताउनुभयो । जनताको इच्छा र चाहना अनुसार काम गर्न जनप्रतिनिधि हुन निर्वाचनमा जादा जुन प्रतिबद्धता गरेको थिए, ती प्रतिबद्धता अनुसार १, २, ३, ४ गरी प्राथमिकता अनुसार काम गर्दै जान लागेको समेत वडा अध्यक्ष घर्तिले सुनाउनुभयो ।

सामान्यतया जनताको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य, बाटो घाटो ,खानेपानी, वातावरण लगायतका आवश्यकताहरु जुन बढी महत्वपूर्ण छ त्यसलाई प्रथामिकाता साथ अगाडि बढेको समेत घर्तिले बताउनु भयो । उहाले भन्नुभयो “निर्वाचन हुदा एक पार्टीका थियौँ तर अहिले निर्वाचित भएपछि काम गर्दा जहिले पनि व्यक्तिगत निर्णयभन्दा सामुहिक निर्णयबाट काम गरेको छौ । ” कार्यहरुमा वडाबासीहरुलाई घरघरमा खानेपानीका व्यवस्था , सडकको मर्मत , नागरीकताविहिनलाई नागरिकता दिलाउएको , फरक क्षमता भएका व्यक्तिहरुलाई संरक्षण र सेवा प्रदान गरेको वडा अध्यक्ष घर्तिले बताउनुभयो । सामाजीक सुरक्षा भत्ताको नवीकरणका लागी वडाबासीहरुको घरघरमा वडाको समय भन्दा बाहेकको समय साझँ र विहान गरी पुगी गरेको समेत वडा अध्यक्ष घर्तिले बताउनुभयो । जिल्लाभन्दा बाहीर रहेका वडाबासीहरुलाई पनि उहँको निवासमा गएर नविकरण गरेको उहाँको भनाई छ । यो आर्थिक वर्षमा सारीको भु–बनोट व्यवस्थापन , सारी जानको लागी पक्कि पुल , रिङ्गरोड , खानेपानीको लागी प्रदेश सरकारमा बजेटको पहल गरी व्यवस्थापन गरेको र अव काम लगतै सुरु गर्ने वडा अध्यक्ष घर्तिले बताउनुभयो ।

सम्पन्न भएका कार्यहरुमा आवश्यक सल्लाह सुझाव दिन वडाबासीहरुलाई वडा अध्यक्ष घर्तिमगरले आग्रह गर्नुभएको छ । उहाँले वर्तमान समाजलाई परिवर्तन गर्दै समाजका विकृति, विसंगतिका विरुद्ध आवाज बुलन्द गर्नु जनताको सेवा गर्नु नै मेरो एक मात्र लक्ष्य रहेको बताउनुभयो । युवा वडा अध्यक्ष घर्ति जनताको विकास र सेवाको लागी निरन्तर लागी परेको देख्न सकिन्छ।

सम्वन्धित समाचारहरु