स्वर्गद्वारीमा सातौँ मेयर कप २०८२ उद्घाटन - Pyuthan Online
फागुन ५ गते २०८२
ब्रेकिङ न्यूज
आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने आज महाशिवरात्रि, पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो पोखराको फेवातालमा कार खस्दा चालकको ज्यान गयो ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, कर्णाली प्रदेशमा पठाउन शुरू माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च : विकास खर्च १५ प्रतिशतमा खुम्चियो महाशिवरात्रिको दिन पशुपतिनाथको चारै ढोका खोलिने

स्वर्गद्वारीमा सातौँ मेयर कप २०८२ उद्घाटन

सन्तोष सुनार
सन्तोष सुनार
असाेज २६ गते २०८२

प्यूठान । स्वर्गद्वारी नगरपािलकामा सातौँ मेयर कप २०८२ को उद्घाटन गरिएको छ । आईतबार राष्ट्रको लागी खेलकुद स्वास्थ्यको लागी खेलकुद भन्ने मुल नाराको साथ स्वर्गद्वारी नगर खेलकुद विकास समितिको आयोजना र स्वर्गद्वारी नगरपालिकाको आर्थिक सहयोगमा खेलकुद मैदान बाझिँपुरमा नगर प्रमुख टेक प्रसाद भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन खेलकुद कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत केशवराज भट्टराईले खेलकुदको सफलातको शुभकामना दिदै समस्या रहेकामा आर्थिक व्यवस्थापनमा सहयोग गर्ने बताउनुभएको थियो । स्वर्गद्वारी नगरपालिकाका सामाजिक विकासका प्रमुख एवम ५ न. वडाका वडाअध्यक्ष गिर बहादुर घर्तिमगरले खेलकुद राष्ट्रको गहना र पहिचाहन भएको बताउदै सफलताको सुभकामना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै राजनितिक दलको तर्फबाट स्वर्गद्वारी नगर कमिटिको नेकपा माओवादी केन्द्रका अध्यक्ष टेक बहादुर भट्टराई (पदम)ले खेलकुद भनेको युवाहरुको रुचिको विषय र स्वास्थ्यको लागी फाईजा जनक भएको हुदा खेलकुदमा नगरपालिकाले चासो र बजेटमा विनोजन गर्न हिजकिचाउने व्यवहार नगर्न सुझवा दिनुभएको थियो । खेलकुदको समयमा मैदान तर्फ जाने र अरुबेला मन्टो फर्काउने तथा लुकाउने व्यवहार नगरी खेलकुद मैदान व्यवस्थापन गर्न सल्लाह दिनुभएको छ । त्यस्तै नगर प्रमुख भण्डारीले खेलकुद मैदानको लागी दश लाख छुटुयाएको तर समयमा काम गर्न नसकेको बताउदै तिहारपछि खेलकुद मैदान व्यवस्थापन गर्ने बताउनुभएको थियो । खेलाडीलाई सफलताको शुभकामना समेत नगरप्रमुख भण्डारीले व्यक्त गर्नुभएको थियो ।

आजै भएको भलिबल प्रतियोगीतामा वडा न. ३ र ९मा वडा न. ३ ले सोझो सेटमा ९ लाई पराजित गरेको हो । त्यस्तै वडा न. १ कोचिबाङ र वडा न. ८ बर्जिबाङमा सोझो सेटले कोचिबाङले पराजित गरेको हो । क्रिकेट प्रतियोगीतामा वडा न.५ सारीलाई २१ रनले वडा न. ३ जलुकेले जितेको हो । भोली भलिबल प्रतियोगीतामा पहिलोमा वडा न. ३ र ५ , दोस्रोमा वडा न.६ र ७ र तस्रोमा वडा न. २ र ४ रहेको सचिव प्रेम भुसालले जानकारी दिनुभयो । बाकी रहेका क्रिकेट प्रतियोगीता हुने समेत भुसालले बताउनुभयो

सम्वन्धित समाचारहरु