वडा अध्यक्ष श्रेष्ठको पहलमा शारीरिक रुपमा अति अशक्त दिलिपलाइ घरमै नागरिकता प्रदान - Pyuthan Online
फागुन १८ गते २०८२
ब्रेकिङ न्यूज
क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला क्रान्तिकारी कम्युनिष्ट पार्टी प्यूठानका पौडेल र पुन पक्राऊ निर्वाचन प्रचारप्रसारमा अवरोध गरेमा दुई लाख जरिवाना युद्धको ४ वर्षपछि पनि युक्रेन आफ्नो ठाउँमा अडिक छ स् राष्ट्रपति जेलेन्स्की तीन पूर्वसचिवसहित ५ जनालाई साधारण तारिखमा रिहा गर्न आदेश पाल्पा सिमेन्टको आइपिओ आजदेखि खुला

वडा अध्यक्ष श्रेष्ठको पहलमा शारीरिक रुपमा अति अशक्त दिलिपलाइ घरमै नागरिकता प्रदान

प्युठान अनलाईन
प्युठान अनलाईन
श्रावण २५ गते २०८२

प्यूठान । जिल्लाको प्यूठान नगरपालिका ३ साँपडाडामा निवासी अति बिपन्न तथा शारीरिक रुपमा अति अशक्त दिलिप सुनारलाई वडा अध्यक्ष श्रेष्ठको पहलमा घरमा पुगी नागरकिता प्रदान गरिएको छ । आईतबार वडा कार्यालयको सिफारीस र पहलमा जिल्ला प्रशानसन कार्यालय प्यूठानबाट अति बिपन्न तथा शारिरीक रुपले अशक्ता रहेका कलि सुनारका छोरा दिलिप सुनारलाइ घरमै पुगेर नागरिकता प्रदान गरिएको वडा अध्यक्ष सुमन राज श्रेष्ठले प्यूठान अनलाईन जानकारी दिनुभयो ।

वडा कार्यालयको अनुरोध र सिफारिसमा सुनारको शारीरिक अशक्ततालाइ बुझेर घरमै पुगि नागरिकता प्रदान गरिएकोमा प्रमुख जिल्ला अधिकारी लगायात प्रशासन कार्यालयको टोलिलाइ अध्यक्ष श्रेष्ठले धन्यवाद ब्यक्त गर्नुभएको छ । शक्त दिलिपको घरमा पुगेर नागरिकता प्रदान गरेकोमा दिलिपका आमा कलि सुनार सहित स्थानीय बासिन्दाहरुले वडा कार्यालय र जिल्ला प्रशासन कार्यालय प्युठानको प्रशंसा गरेका छन।

वडाबाट दिईने सेवा वडावासीहरुलाई अध्यक्ष श्रेष्ठले सरल , सहज तरिकाले दिनुभएको छ भने विकास पनि तिव्र रुपमा गरिरहनु भएको छ । वडा अध्यक्ष श्रेष्ठको कामलाई हेरी प्यूठानी जनताले नमुना जनप्रतिनिधीको रुपमा रहेको बताउछन ।

सम्वन्धित समाचारहरु